सिलगढीमा द खप्तड स्टार भ्यु होटल सञ्चालनमा

डोटीको सिलगढीमा द खप्तड स्टार भ्यु होटल सञ्चालनमा आएको छ । बिहिवार होटलको उद्घाटन एक कार्यक्रमका बिच सुदुर पश्चिम होटल व्यवसायी संघका अध्यक्ष दिपक बहादुर खड्काले गर्नुभएको हो । दुई जनाले सञ्चालनमा ल्याएको होटेलमा ईन्डियन, चाईनिजका साथै डोटीली खानाका परिकारको व्यवस्था छ । डोटीमा धेरै होटल सञ्चालनमा आएपनि विस्तारै बिस्तापित हुने गरेको स्मरण गर्दै द खप्तड स्टार भ्युले त्यो परिपाटीको अन्त्य गर्ने गरि सेवा दिनेमा आफू विश्वस्त रहेको अध्यक्ष खड्काले बताउनु भयो ।

Sayalb

खप्तड जाने पर्यटकलाई होटलले केही सहजता प्रदान गर्ने होटल सञ्चालक सेर ठकुल्लाले बताउनु भयो । होटलमा खप्तड राष्ट्रिय निकुञ्ज भ्रमणमा जाने पर्यटक तथा ग्राहाक लाइ लोकल अर्गानिक खाना को स्वाद तथा वस्नको उचित व्यवस्था गर्ने अर्का संचालक खडक बोहराले बताउनु भयो ।

Shaileshwori
Loading...