पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गतको तिन दिने तालिम सुरु

Sayalb

तेजु ओली /डोटी
नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा सञ्चालन भइरहेको पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गत तिन दिने तालिम सुरु भएको छ । फागुन २८ देखि चैत्र १ गते सम्म सञ्चालन हुने उक्त तालिममा सामाजिक परिचालन र प्रतिवेदन तथा तथ्यांक संकलन बारे जानकारी दिने रेडक्रसले जनाएको छ । जिल्ला सदरमुकाममा रहेको दिपायल सिलगढी नगरपालिका वडा नं ५ मा रहेको ग्रामीण विकास तालिम केन्द्र पुन्नामा शुरु भएको छ । उक्त तालिम उदघाटन शत्र नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखाका सभापति लक्षीराम कुवँर को सभाध्यक्षता तथा सुदुरपश्चिम प्रदेशका महासचिव देववहादुर वोहरा, लगायत को सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यालय अन्तर्गत पश्चिम विपद् पूर्वतयारी परियोजनाका कार्यक्रम डोटीमा पनि सुरु भएको थियो । तालिममा परियोजना सञ्चालित वैतडी र डोटी जिल्लाका २० जना सामाजिक परिचालक र ४ जना सामुदायिक प्रशिक्षक गरी जम्मा २४ जनाको सहभागिता रहने छ ।

Shaileshwori
Loading...