योजना तर्जुमा तथा बजेट बिनियोजित संम्वाद कार्यक्रम संपन्न
डबल बम /डोटी
एकल महिला समूह डोटीको सिमान्तकृत महिलालाई स्वरोजगार बनाउँने योजना तर्जुमा तथा बजेट बिनियोजित संम्वाद कार्यक्रम सम्पन्न भएको छ । एकल महिला समूह डोटी जिल्लाका अध्यक्ष सरिता श्रेष्ठको अध्ययक्षता, दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मन्जु मलासीको प्रमुख अतिथ्यता र पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीले अब एकल महिलाले परनिर्भर नभइ आत्म निर्भर बन्नु पर्ने तथा चुलोचौको भन्दा माथि उठ्नु पर्ने बताउनु भयो । गाउँपालिकाले दिएका तालिम तथा सिप कसैले लागु नगरेकाले अव सबैलाई लागु गर्न पुर्बिचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउँदले बताउनु भयो ।
कार्यक्रममा सहभागी महिलाहरुले पनि आफ्ना गुनासा राख्नु भएको थियो । गुनासा राख्दै पदमा कोलिले जसकोे जे गर्ने इच्छ्या चाहाना र क्षमता छ त्यहि अनुरुपका काम तथा अवसर दिनु पर्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा बोल्दै एकल महिला समूह डोटीकी अध्ययक्ष सरिता श्रेष्ठले विगतमा दिएका तालिम, सीप तथा काम भन्दा फरक र व्यवहारमुखि तथा व्यवसायका कार्य योजना ल्याउने प्रतिबद्धता गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न दलका नेता, सञ्चारकर्मी तथा दिपायल सिलगढी नगरपालिकाका सबै वडाका एक्कल महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संयोजक लाल बिकले गर्नुभएको थियो ।