एकल महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षक तालिम सुरू

सरिता कठायत/ डोटी
डोटीमा एकल महिला समुहका प्रतिनिधिहरूलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षक तालिम सुरु भएको छ । दिपायलमा रहेको वर्षा होटलको हलमा मानवअधिकारका लागि महिला एकल महिला समुहको आयोजना र ओम्यानकिण्ड वल्डवाईडको आर्थिक सहयोगमा सोमवार बाट सुरु भएको कार्यक्रम ६ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रमा दिपायल सिलगढी नगरपालिकाका १८ जना र पुर्वीचौकी गाउँपालिकाका १४ जना गरि ३२ जना एकल महिलाहरूको सहभागीता रहेको छ । नगरपालिका र गाउँपालिकामा १६ ओटा एकल महिला समुह गठन भएका थिए ।

Sayalb

लैङ्गकि विभेद न्यूनीकरणका लागि राज्यले बनाएका ऐन, नियम, कानुनहरू र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार तथा प्रतिबद्धताका बारेमा कार्यक्रमका प्रशिक्षक तथा जिल्ला सहायक सिडियो किरण जोशीले बताउनुभयो । उहाँले महिलाको वर्तमानको अवस्थाको तथ्यांक विश्लेषण गर्नुभएको थियोे । किशोरी प्रजनन दर, महिला साक्षरता, लैङ्गकि विकास सुचाअंक, लैङ्गकि हिंसा अपराधको अनुपात, सम्पत्तिमा महिलाको स्वामित्व बारेमा एकल महिलाहरूलाई उहाँले जानकारी गराएनु भएको थियो । एकल महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै समुहमाका सदस्यहरूलाई आफ्नो हक अधिकारको लागि अग्रसर बढाउन सकुन् भन्ने उदेश्यले तालिमको आयोजना गरेको कार्यक्रम अधिकृत लक्ष्मी देउबा बमले बताउनुभयो ।

Shaileshwori
Loading...