आदर्श गाउँपालिकामा व्यक्तिगत घटना अनलाइनबाट दर्ता कार्य सुरु

तेजु ओली/ डोटी
डोटीको आदर्श गाउँपालिकाले आज देखि व्यक्तिगत घटना अनलाइनबाट दर्ता कार्य सुरु गरेको छ । पालिकाका ७ बटा वडामध्ये आज वडा नं २ र ३ मा नियमित रुपमा अनलाइन दर्ता सुरु गरेको हो । मानिसका जिबनमा हुने घटनाहरु जन्म मृत्यु बिवाह बसाइसराइ तथा सम्बन्ध विच्छेदलाई भर्स एम आइ एस सिस्टम मा दर्ता गरि डिजिटल प्रमाण पत्र वितरण गर्नलागेको आदर्श गाउँपालिका अध्यक्ष टेक बहादुर रोकायाले बताउनु भयो ।

Sayalb

समयको परीर्बतन तथा प्रविधिसित हातेमालो गर्दै त्रुटी रहित प्रमाणपत्र वितरण गर्न आगामी दिनमा गाउँपालिकाका सबै वडामा अनलाइन सेवा सुरु हुने जनाएको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई सरल, सहज र व्यबस्थीत बनाउन पुराना सबै घटना दर्ता किताब (ढड्डाहरु) डिजिटाजेशन भैसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत बहादुर परियारले जानकारी दीनु भएको छ । सरकारबाट पाइने महत्वपुर्ण सुविधा सामाजिक सुरक्षा भत्तामा कोही नछुटून र कोही नदोहोरिउन भन्ने मुल मर्मलाई आत्मसात गर्दै सामाजिक सुरक्षालाई पारदर्शी र चुहावट रहित बनाउन सामाजिक सुरक्षा भत्तालाइआर्थिक वर्ष २०७८र७९ को पहिलो चौमासिक देखि अनिवार्य बैकबाट भत्ता वितरण गर्ने गरि बैंकसित सम्झौता कार्य भैरहेकोगाउपालीकाले जनाएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग द्वारा संचालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना कार्यक्रमको सन २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्र्याउनेलक्ष्यलाई सफल पार्न पालिकाले केही दिनमै सबै वडामा दर्ता शिविर संचालन गर्ने गृहकार्यसुरु गरिसकेको पनि आदर्श गाउँपालिका एम आइ एस अपरेटर गीता कठायत जान्कारी दीनुभएको छ ।

Shaileshwori
Loading...