पत्रकार खड्काद्धारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

Sayalb

डोटी : पत्रकार बिक्रम खड्काले प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोगको घोषणा गर्नुभएको छ । त्रिवेणी एफएम डोटीका कार्यक्रम संयोजक, ईमेज टेलिभिजनका डोटी सम्वादाता तथा प्रेस युनियन डोटीका सदस्य खड्काले आफ्नो जन्मदिनको अवसरमा ११ हजार १ सय ११ रुपैंया सहयोग गरेका हुन् ।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का(तेजु)को स्मृतिमा डोटी शाखाले कोषको स्थापना गरेको थियो । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरुले जन्मोत्सवका अबसरमा सहयोग गर्दै आएका छन् । हाल सम्म कोष स्थापनाका लागि दुई लाखको हाराहारीमा रकम संकलन भएको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए । प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ ।
लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको खड्काले बताए ।

Shaileshwori
Loading...