भुमि सम्बन्धि समस्या समाधान विषयक जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न

तेजु ओली /डोटी
स्थानिय तहका पदधिकारी तथा कर्मचारीहरूका लागि भुमि सम्बन्धि समस्या समाधानका विषयमा जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम गरिएको छ। स्थानिय तहका पदधिकारी तथा कर्मचारीहरूका लागि एक दिने जिल्ला स्तरिय अभिमुखीकरण डोटीमा शुक्रबार सम्पन्न भएको हो। नेपाल सरकार भुमि सम्बन्धी समस्या समाधान आयोग डोटीका अध्यक्ष गणेश बिष्टको अध्यक्षता, भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य हस्त राज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरूमा जिल्लाका स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, कर्मचारीहरू, पत्रकारहरु रहेका थिए।

नेपाल सरकार भुमि सम्बन्धी समस्या समाधान आयोग डोटीको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रमको उदेश्य बारे नेपाल सरकार भुमि सम्बन्धी समस्या समाधान आयोग डोटीका अध्यक्ष गणेश बिष्टले प्रष्ट पार्नु भएको थियो। भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरूको लगत संकलन गरी भुमि उपलब्ध तथा आवास निर्माण गर्न पहल गर्ने मुख्य कार्य भुमि सम्बन्धी समस्या समाधान आयोगको रहेको अध्यक्ष बिष्टले बताए। डोटी ठालुले खाएको जिल्ला अहिले पनि ठालुले नै खाईरहेको भुमिहिनका समस्या ज्युका त्यु रहेको अबस्थालाई मध्यनजर गर्दै भुमि सम्बन्धि समस्या समाधान आयोग गठन भैसकेको हुनाले भुमिहिनका समस्या समाधानका लागि सबैले आ आफ्नो क्षेत्र बाट सहयोग, सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख आतिथी हस्त राज अधिकारीले बताए ।

Sayalb

भुमि सम्बन्धी समस्या समाधान आयोगको काम, कर्त्तव्य र अधिकारका बारेमा भुमि सम्बन्धी समस्या समाधान आयोग डोटीका विज्ञ सदस्य झलक पालिले प्रस्तुतिकरण गर्नु भएको थियो। कार्यक्रममा जिल्लाका स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो।

Shaileshwori
Loading...