नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षक तालिम सम्पन्न

सरिता कठायत /डोटी
एकल महिला समुहका प्रतिनिधिहरूलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि ५ दिने प्रशिक्षक तालिम सम्पन्न भएको छ । दिपायलको वर्षा होटलको हलमा मानवअधिकारका लागि महिला एकल महिला समुहको आयोजना र ओम्यानकिण्ड वल्डवाईडको आर्थिक सहयोगमा सोमवार बाट सुरु भएको कार्यक्रम आज(बिहिवार) समापन भएको हो । कार्यक्रमा दिपायल सिलगढी नगरपालिकाका १८ जना र पुर्वीचौकी गाउँपालिकाका १४ जना गरि ३२ जना एकल महिलाहरूको सहभागीता रहेको थियो । नगरपालिका र गाउँपालिकामा १६ ओटा एकल महिला समुह गठन भएका थिए । छोरी चेलिको घरबाट नै आत्मवल बढाउनमा अभिभावकको ठुलो भुमिका रहने तालिमका प्रशिक्षक तथा सहायक सिडियो किरण जोशीले बताउनुभयो । छोरी बुहारीहरुले घरबाट आदर सम्मान नपाएसम्म घरपरिवारमा शान्ति नमिल्लने उहाँले बताउनुभयोे । एकल महिलाको लागि संस्थाले विगत देखि हालसम्म गरेका गतिविधिको बारेमा सहभागीलाई संस्थाका बरिस्ठ कार्यक्रम व्यवस्थापक उपासना रानाले जानकारी दिनुभएको थियो । उहाँले एकल महिला भन्ने शब्द २०५७ सालको राष्ट्रिय भेलाबाट सञ्चालनमा आएको जानकारी दिनुभयो ।

Sayalb

एकल महिला कोष २०७० सालमा सञ्चालनमा आएको थियो तर त्यो कोष ७१ मा भुकम्प को कारण रोकिएको र अब भने सञ्चालनमा आउने कार्यक्रम प्रत्येक स्थानीय तहमा सञ्चालन गर्नको निम्ति निमाबलि समेत तयार भैरेहेको रानाले प्रष्ट पारिन् । ५ दिनसम्म तालिममा सिकेको सम्पूर्ण कुराहरूलाई समुहमा गएर सबैले अगाडि बढन एकल महिला समुह डोटीका अध्यक्ष सरिता श्रेष्ठले बताउनु भयो । समापनमा सभा अध्यक्ष सरिता श्रेष्ठ प्रमुख अतिथि सहायक सिडियो किरण जोशी, प्रदेश अध्यक्ष सुमन शर्मा, कैलाली जिल्ला सचिव भगवती हमाल संस्थाका बरिस्ठ कार्यक्रम ब्यबस्थापक उपासना राना र ब्राह्मण कुमारी विश्व बिद्यालय डोटीका प्रमुख जानकी भाट रहनु भएको थियो ।

Shaileshwori
Loading...