डोटीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते, धनगढी रिफर

किरण धामी /डोटी

Sayalb

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । कुलपातेबाट दिपायल तर्फ आउदै गरेको म २ प ४६७४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो २:१५ बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी दुर्घटना हुदा तीन जना घाईते भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरिक्षक रुप सिंह थापाले बताउनु भएको छ ।

प्रहरी नायव निरिक्षक थापाका अनुसार घाईते हुनेमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रशिक्षार्थी प्रहरी जवान मोटरसाइकल चालक दल बहादुर भण्डारी, सवार दिपेन्द्र खड्का र लोकरञ्जन भट्ट रहेका छन् । अहिले घाईतेको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भईरहेको र हेलिकप्टर मार्फत धनगढी लैजाने तयारी भईरहेको उहाँले बताउनु भयो । उनिहरुको अवस्था मद्यम रहेको बताईएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय दिपायलले बताएको छ ।

Shaileshwori
Loading...