डोटीमा विद्युत सर्ट भएर आगलागी, चार जना घाईते
किरण धामी /डोटी
डोटीमा विद्युत कर्मचारीको लापरबाहीका कारण विद्युत सट हुदाँ करेन्ट लागेर ४ जना घाईते भएका छन् । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ५ काडामाण्डौमा मंगलबार दिउँसो साढे ३ बजेको समयमा एक्कासी विद्युतमा आएको खराबीका कारण विद्युत सट भई करेन्ट लागेर ४ जना स्थानिय महिला घाईते भएका छन् । चार जना घाईते हुनुका साथै एक घर र एक गोठमा पनि आगलागी भएको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनुभयो । घाईते हुनेहरुमा रत्ना वि.क, पार्वति बोगटी, सरस्वति बोगटी र एक जनाको नाम खुल्न बाकी रहेको बबोगटीले बताउनु भयो । घाईते भएका मध्ये ३ जनाको अवस्था घम्भिर र एकको अवस्था सामान्य रहेको स्थानियले बताएका छन् । अध्यक्ष बोगटीका अनुसार विद्युतको तार लस्किएको र सो तार मर्मत गर्न गाउँपुगेका विद्युत कर्मचारीले ट्रान्र्फमरबाट डाईरेक्ट लाईन छोडेका कारण उक्त दुर्घटना भएको हो ।
घाईते भएका मध्ये दुई जनालाई शैलेश्वरी अस्पताल र एक जनालाई जिल्ला अस्पताल डोटी उपचारको लागि पठाईएको अध्यक्ष बोगटीले जानकारी दिनुभएको छ । एक जना भने सामान्य घाईते भएकाले स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचार गरेर घर पठाईएको उहाँले बताउनु भयो । उक्त घटनाबाट स्थानिय चक्र बोगटीको घरमा आगलागी हुदा लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएका छन् भने धर्म बोगटीको घर जलेर नष्ट भएको छ । उक्त घटना पश्चात काडामाण्डौँ पुरै गाउँको बिजुली अवरुद्ध भएको छ । थप विवरण आउन बाकी रहेको छ ।