डोटी प्रशासनले भन्यो ‘भिडभाड नगर्नु’

Sayalb

तेजु ओली
कोरना भाइरसको संक्रमण फेरी बढ्ने जोखिम देखिएपछी जिल्ला प्रशासन कार्यालय डोटीले भिडाभाड नगर्नु भनेर सूचना जारी गरेको छ ।
कोराना भाईरस फेरी पनि फैलिने खतरा रहेका कारण अनाबश्यक भेला नगर्नु भनेर प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईले एक बक्तब्य जारी गर्र्दै सबैमा अनुरोध गरेका छन् । कोरोना भाईरसका नयाँ र कडा रुपमा आईरहेको र छिमेकी राष्ट्र भारतमा समेत संक्रमण बढेका कारण यस बारेमा नेपालमा सचेत रहनु पर्ने भन्दै प्रशासनले सूचना जारी गरेको हो ।
होरी लगाएताका पर्बहरु नजिकिदै जाँदा भिडभाड नगर्नका लागी प्रशासले आम नागरिकमा आब्हान गरेको हो ।
कामको शिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका नागरिकहरु नयाँ बर्ष तथा बिशु पर्बमा भारतबाट नेपाल फर्कने क्रम सुरु भएकाले आ-आफ्नो स्वास्थ्य सुरक्षा अपनाउन प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई द्वारा हस्ताक्षर सूचनामा उल्लेख गरिएको छ ।
भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।

Shaileshwori
Loading...