बुडरमा हेल्थ डेस्कको स्थापना


डोटी : जोरायल गाउँपालीकाको वडा नं २ छतिवनको बुडरमा हेल्थ डेस्कको सुरुवात गरिएको छ । पहाडी रुटमा भएका सडक दुर्घटना न्युनिकरण तथा महामारी नियन्त्रणका लागि आज हेल्थ डेस्क उद्धघाटन गरिएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोग तथा जोरायल गाउँपालिकाको समन्वयमा हेल्थ डेस्कको स्थापना गरिएको हो ।
स्वास्थ्यकर्मीले स्वास्थ्य चेकजाँच गर्ने उक्त हेल्थ हेस्कको जोरायल गाउँपालिका तथा सुदूरपश्चिम गाउँपालिकाका महासंघका अध्यक्ष दुर्गादत्त ओझाले उद्धघाटन गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भिभदत्त राजमार्गमा पर्ने गरि स्थापना गरिएको यश हेल्थ डेस्कले प्रभावकारी स्वास्थ सेवा दिने अपेक्षा गरिएको छ । यात्रुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सुरु गरिएको उक्त डेस्क स्वास्थ्य र सुरक्षाका हिसाबले प्रभाबकारी हुने गाउँपालिका अध्यक्ष ओझाले बताउनु भएको छ ।
