गुड नेवर्स इन्टरनेशनल नेपाल डोटी द्वारा कारागारलाई स्वास्थ सामग्री हस्तान्तरण

डोटी– गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीले ३० औ बार्षिक उत्सवको अवसरमा कारागारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आज (सनिवार) जिल्ला कारागार डोटीमा पुगी कोभिड (१९) लाई मध्यनजर गर्दै कारागारमा रहेका झन्डै चार दर्जन कैदी बन्दीहरुको लागी सेनिटाईजर,माक्स, कोलगेट, ब्रस, साबुन गरि १७ हजार बराबरको स्वास्थ सामाग्री कारागार प्रशासनलाई गुड नेवर्स इन्टरनेशनल नेपालका डोटी जिल्ला संयोजक रञ्जित चौधरी द्वारा सामाग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ सामाग्री ग्रहण गर्दै कारागार प्रमुख लालबहादुर बोगटिले असशज परिस्थितिमा कारागारलाई स्वास्थ सामाग्री सहयोग गर्नु भएकोमा गुड नेवर्स इन्टरनेशनल नेपाललाई धन्वाद ज्ञापन गर्नु भएको हो ।
