तेस्रो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 

तेजु ओली/ डोटी
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ तेस्रो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता जोरायल गाउँपालीकाको वडा नं २ बुडरको रामपुर नमुना माध्यामिक विद्यालयको खेलमैदानमा सुरु भएको हो । आज देखि तीन दिन सम्म चल्ने प्रतियोगितामा जोरायल गाउँपालिका अन्तर्गतका विभिन्न माध्यमिक विद्यालयका फरक फरक खेलका खेलप्रेमी विद्यार्थीहरुको सहभागीता रहने छ ।

Sayalb

प्रतियोगिताको सभापतिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बिक, प्रमुख अतिथिमा जोरायल गाउँपालीकाका अध्यक्ष दुर्गा दत्त ओझा र उपाध्यक्ष जमुना बिष्ट बिशिस्ट अतिथी रहनुभएको थियो । गाउँपालिका उपाध्यक्षले अनुशासन पूर्वक आफ्ना दमदार प्रस्तुतिहरु प्रदर्शन गरि विजयी बन्न, नतिजा आफ्नो पक्षमा पार्न र सक्रिय सहभागीता प्रदर्शन गर्न सबै खेलप्रेमीलाई सुभकामना ब्यक्त गर्नु भएको छ ।

Shaileshwori
Loading...