बोगटान फुड्सिल गाउँपालिकामा लगत संकलन इकाई कार्यालयको स्थापना

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भुमी सम्बन्धि समस्या समाधान आयोगको लगत संकलन इकाईको स्थापना भएको छ । बिहिवार भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति डोटीको आयोजनामा गाउँपालिकामा इकाईको स्थापना गर्नुका साथै एक दिने अभिमुखिकरण तालिम दिईको भुमी सम्बन्धि समस्या समाधान आयोग डोटीका विज्ञ सदस्य झलक पालिले जानकारी दिनु भयो । भुमिको सम्बन्धमा स्थानिय सरकारले उच्च प्राथमिकता दिएर काम गर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनु भयो । कार्यक्रमको उदेश्यको बारेमा भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश बिष्टले प्रकाश पार्नु भएको थियो ।

Sayalb

अभिमुखिकरण कार्यक्रको प्रस्तुतिकरण आयोग जिल्ला समिति डोटीका सदस्य झलक पालिले गर्नु भएको थियो । बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला सभापति रहनु भएको कार्यक्रमको प्रमुख अथितिमा भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति डोटीका अध्यक्ष गणेश विष्ट रहनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिका गाउँसभाका सम्पर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...