कोरोना रोकथामका सामाग्री वितरण

नरेन्द्र बहादुर वि.क. /डोटी
सम विकास केन्द्र (ईडिसि) नेपाल, डोटी र एक्शनएड नेपालको संयूक्त साझेदारीमा सचालित आपतकालीन प्रतिकार्य परियोजना अन्तरगत आज दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा रहेको श्री दुर्गा माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी गरि जम्मा २७२ जानलाई कोरोना रोकथाम किट (मास्क, सेनिटाईजर, साबुन, डिजिटर थर्मोमिटर, हार्पिक, कोलगेट र ब्रस) वितरण गरेको छ । किट वितरण कार्यक्रममा विद्यालयका सम्पुर्ण शिक्षकहरु र अन्य अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Sayalb

उक्त कार्यक्रमा विद्यालयका प्रध्यानाध्यापक हिक्मत घले ले विद्यालयमा अहिलेको अवस्थामा कोरोना भाईरस नया रुपमा देखा परेको अवस्थामा प्रत्येक वालवालिकाहरुमा स्वस्थ हुने वानीको विकासका साथै यी सामग्रीहरु कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी भई अवका दिनहरुमा यि सामग्रीहरु सकिय पनि आफै किनेर पनि प्रयोग गरिने जनकारी दिएका छन । उक्त कार्यक्रममा सम विकास बाट कार्यक्रम अधिकृत नरेन्द्र बहादुर विक र केशबराज जोशीको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...