सांकेतिक भाषासम्बन्धी दोभाषे नहुँदा समस्या
तेजु ओली /डोटी
सांकेतिक भाषासम्बन्धी दोभाषे नहुँदा समस्या भएको एक कार्यक्रमका सहभागी बहिरा नागरिकले बताएका छन् । डोटी जिल्लामा सांकेतिक भाषासम्बन्धी ज्ञान भएका व्यक्ति नहुँदा बोल्न तथा सुन्न नसक्ने पीडितको समस्या बुझन कठिन भएको सिखर नगरपालिका प्रमुख सिताराम जोसीले बताउनुभयो । स्थानीय तहमा आउने घटनाहरूमा कतिपय पीडित कान सुन्न तथा बोल्न नसक्ने हुने भएकाले दोभाषे नहुँदा मुद्दा फैसला गर्न समस्या हुने गरेको सिखर नगरपालिका उप प्रमुख धौलीदेबि रावलको भनाई छ ।
डोटी बहिरा संघका अध्यक्ष योगेन्द्र बोगटीले जिल्लाका बहिरा नागरिक अझै पछाडि रहेका बताउनुभयो । आफना भाबना बिचार काम गर्ने जोसजागर भाषा नबुझ्ने भएकाले दबिएर रहेकाले बहिरालाइ सांकेतिक तालिम दिनु पर्ने उहाले बताउनुभयो । उक्त समस्या समाधानका लागि जिल्लामा सांकेतिक भाषा सिक्ने ब्याक्तीलाइ यस वर्ष सांकेतिक भाषा सिक्नका लागी आबेदन दिन सिखर नगरपालिकाले पहल गर्ने नगर प्रमुख जोशीले बताउनुभयो ।
आज डोटी बहिरा संघको पाचौ बार्षिक साधारण सभा मा उक्त कुरा बताउनुभएको हो । आज साविकको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजित डोटी बहिरा संघको पाचौ बार्षिक साधारण सभा कार्यक्रमका प्रमुख अतिथि सिखर नगरपालिकाका प्रमुख सिताराम जोशी, सभाअध्यक्ष डोटी बहिरा संघका अध्यक्ष योगेन्द्र बोगटी र जिल्लाका बहिराहरुको सहभागिता रहेको थियो ।