५ वर्ष मुनिका बालवालिकाका आमाहरुलाई हात धुने सामाग्री वितरण

डोटी : समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीले डोटी जिल्लाका दिपायल सिलगढी नगरपालिका, आदर्श र सायल गाउँपालिकाका विभिन्न व्यक्तिलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको छ । दिपायल सिलगढी नगरपालिका १ तिखा, आदर्श गाउँपालिका सबै वडा र सायल गाउँपालिका १ छपालीका स्वास्थ्य चौकी, गाउँघर किल्निक तथा प्रशुति केन्द्रमा गरि जम्मा रु ७ लाख ७० हजार ७ सय ३६ रुपैया बराबरको विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सिड नेपालद्वारा संयुक्त सञ्चालित टाकेडा हेल्दी भिलेज परियोजना अन्तरगत स्वास्थ्य सामाग्री वितरण गरिएको सिड नेपाल डोटीका वित्त तथा प्रशासन अधिकृत डम्मर सिंह कुडमालले बताए । त्यस्तै गर्भवति आमा तथा ५ बर्ष मुनिका बालवालिकाका २ सय ९६ जना आमाहरूलाई हात धुने सामाग्री पनि वितरण गरिएको कुडमालले जानकारी दिए ।

आदर्श गाउँपालिका ६ गिरिचौकाका १७४ जना र आदर्श गाउँपालिका ७ दहकालिकास्थानका १ सय २२ जना गरि २ सय ९६ जना गर्भवति आमा तथा ५ बर्ष मुनिका बालवालिका का आमाहरुलाई हात धुने सामाग्री पनि वितरण गरिएको हो । जसमा १ सय लिटरको ड्रम र आधा कट्टा सिमेन्ट सहयोग गरिएको जनाएको छ । जसले हात धुने स्थान निर्माण गरी व्यक्तिगत र परिवारका सदस्यहरुको हात धुने र सरसफाइ गर्ने बानीमा सुधार हुने अपेक्षा गरिएको छ । निकट भविष्यमै सिड नेपालको कार्य क्षेत्रभित्रका ४ हजार बालबालिकालाई पढाई सामाग्री समेत वितरण गरिने सँस्थाले जनाएको छ ।
