डोटीका बामपन्थी पत्रकारहरु एकै स्थानमा, जोशीको नेतृत्वमा संयुक्त प्यानल
डोटी, चैत्र २२
आगामी चैत्र २५ गते सम्पन्न हुने पत्रकार महासंघ निर्वाचनका लागी डोटी जिल्लामा प्रेश सेन्टर, प्रेस चौतारी ओली पक्ष, प्रेश चौतारी माधव पक्ष निकट रहेका पत्रकारहरुले संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका छन् ।
यस वर्ष पत्रकार महासंघले केन्द्र देखी जिल्ला सम्म एकै दिन निर्वाचन गर्ने योजना बनाएको छ । देशैभरी एकै दिन निर्वाचन सम्पन्न हुने भए संगै केन्द्र र प्रदेश निर्वाचानका लागी नेपाली काग्रेश निकट मानिने प्रेश युनियन, माओबादी केन्द्र निकट प्रेश सेन्टर, र एमाले निकट रहेको प्रेशचौतारी (माधव पक्ष) मिलि संयुक्त प्यानलमा उम्मेदवारी दिएको भए पनि डोटीमा भने प्रेश सेन्टर, प्रेशचौतारी (ओली पक्ष), प्रेशचौतारी (माधव पक्ष) ले केन्द्रिय सहमति भन्दा फरक रुपमा उम्मेदवारी दिएका हुन् ।
साविकको प्रेश संगठनमा आबद्ध रहेका डोटेली पत्रकारहरु फरकफरक धारमा नरहेको र वामपन्थी विचारधारा निकट रहेका पत्रकारहरु एकै स्थानमा रहेको संन्देश दिनका लागी पनि आफुहरुले उम्मेदवारी संयुक्त उम्मेदवारी दर्ता गरेको अध्यक्षका उम्मेदवार रोजेन्द्र जोशीले बताएका छन् ।
डोटी शाखा निर्वाचनका लागी रहेको निर्वाचन समितिले तयार गरेको निर्वाचन कार्यक्रम अन्तरगत आज ४ बजे सम्मका लागी उम्मेदवारी दर्ता गर्ने तय गरेको भए पनि पत्रकार महासंघ डोटी शाखाको आग्रहमा दुई पटक समय थप गर्दै मनोमन गर्दा गर्ने समय आज राती ९ बजे सम्ममा लागी निर्धारण गरेको निर्वाचन संयोजक टोपराज पौडेलले बताए ।
निर्वाचन संयोजक पौडेलका अनुसार राती ८ः३० बजेको समय सम्ममा एउटा मात्र प्यानलको उम्मेदवारी दर्ता भएको छ । प्रेश युनियन भने अहिले सम्म आफ्नो उम्मेदवारी दर्ता गरेको छैन । स्रोतले दिएको जानकारी अनुसार युनियनमा अध्यक्षसंगै अन्य पदाधिकारीका लागी आकाक्र्षीहरु धेरै रहेका कारण पनि उम्मेवारी दर्तामा ढिला भएको हो ।
वामपन्थी विचारधाराका पत्रकारहरु हिजो पनि एकै ठाउमा भएको र अहिले पनि एकै ठाउमा रहेको संगठनका नेता डिल वहादुर सिँह बताएका छन् । रोजेन्द्र जोशीको नेतृत्वमा उपाध्यक्ष नवराज जोशी, सचिब कर्ण चन्द, कोषाध्यक्ष सुवास नेपाली, सहसचिब भागरथी मडैको उम्मेवारी रहेको छ ।