मुख्यमन्त्री भट्ट द्वरा, राजपुर बगर धिर्घामाण्डौ सडकको अनुगमन ।

डोटी – राजपुर देखि धिर्गमान्डौ जोड्ने सडकको मुख्यमन्त्री त्रीलोचन भट्टले अनुगमन गर्नु भएको छ ।
आज बड्डिकेदार गाउँपालिमा रहेको प्रसिद्ध धार्मिक धरोहर बड्डी केदारको पर्यटकिय सम्भावनालाई बोकेको धिर्घामाण्डौ सडकको मुख्यमन्त्री भट्टले अनुगमन गर्न भएको हो ।
प्रदेस सरकारले पिचको लागि एक बर्ष अघाडी करिव २३ करोड लागतमा ठेक्का भएको उक्त सडक कालोपत्रे राजपुर सिक्षालय देखि बगर सम्म हुनेछ भने बाकी अर्को आर्थिक बर्षमा ठेका हुने मुख्य मन्त्री भट्टले बताउनु भयो ।

सडक अनुगमनको क्रममा काम समयमै सक्न समेत मुख्य मन्त्री भट्टले निर्देशन दिनु भएको छ । उक्त सडक बनेपछी बड्डी केदार पर्यटकिय क्षेत्रमा द्रुत प्रगती हुने बिस्वास ब्यक्त गर्नु भयो ।
पर्यटन ब्यबसाय, होटल ब्यबसाय पनि फस्टाउने र धेरै युवाको रोजगारि सिर्जना हुने भएकाले यस्तो काममा लाग्न युवा ब्यसाययी लाई मुख्य मन्त्री भट्टले अनुरोध गर्नु भयो ।
प्रदेस सरकारले गरेका बिकास निर्माण देखि खुसी हुँदै स्थानिय जनताले खुसी ब्यक्त गरेका छन् ।
