मुख्यमन्त्री भट्टद्वरा सिलगढी झिग्राना हुँदै खप्तड सडकको अनुगमन

डोटी : सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्टले सिलगढी देखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको अनुगमन गर्नुभएको छ । प्रयटकिय प्रचुर सम्भावना बोकेको खप्तड क्षेत्रलाई मध्यनजर गर्दै निर्माण भईरहेको सडकको मुख्य मन्त्रि भट्ट सहितको टोलिले सोमवार अनुगमन गरेको हो । उक्त सडकको एक बर्ष अघाडी करिव ७८ करोड लागतमा ठेक्का भई कालोपत्रेको काम भईरहेको छ । अनुगमनको क्रममा काम समयमै सक्न निर्माण कम्पनिलाई निर्देशन दिनु भएको छ ।

Sayalb

सुदुर पश्चिमको भु स्वर्गको रुपमा परिचित खप्तड क्षेत्र पर्यटकको रोजाइको केन्द्र भएपनी खप्तड जाने बाटो नहुदा पर्यटकिय सम्भावना ओझेलमा परेको तितो यथार्तलाई मध्य नजर गर्दै २०६५ साल तिर आफु खप्तड बिकास क्षेत्रको अध्यक्ष हुदा सिलगढी बाट झिग्राना हुँदै ट्र्यक खोलेको मुख्य मन्त्रि भट्टले बताउनु भयो । मुख्यमन्त्री हुने बित्तिकै खप्तडमा नजर रहोको र त्यही अनुसार बाटो बनाएर पर्यटनलाई व्यावसायिकरण गर्दै स्वरोजगार सिर्जना होस भन्ने आफ्नो ध्यय रहेको बताउनु भयो । मुख्यमन्त्री भट्टले खप्तडमा लाखौ पर्यटक भित्र्याउने बिश्वास ब्यक्त गर्नु भयो ।

Shaileshwori
Loading...