जिल्ला अस्पताल डोटीको नयाँ बन्ने भवनको मुख्य मन्त्री भट्टद्वारा शिलान्यास
तेजु ओली/ डोटी
सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला अस्पताल डोटीको नयाँ बन्ने अस्पताल भवनको सुदुर पश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टले शीलान्यास गर्नुभएको छ । सोमवार जिल्ला सदरमुकाम सिलगढीमा बन्न लागेको अस्पताल भवनको शिलान्यास गर्दै सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री भट्टले रकमकै कारणले भवन बनाउन ढिला नहुने बताए। जिल्ला अस्पताल डोटीले दिएको प्रतिवेदनका आधारमा शुरु गरिएको सो काम समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सुदुरपश्चिम प्रदेशले स्वास्थ्यलाइ प्रमुख प्राथमिकतामा राखी प्रदेश भरीनै स्वास्थ्य क्षेत्रको काम तिब्र गतिमा भईरहेका बताउनुभयो।
दश करोड २७ लाख २५ हजार ९ सयको लागतमा के एस कन्ट्रक्सन संग २०७७ साल फागुन ४ गते सम्झौता भइ निर्माण कार्य सुरु भएको छ । सो अस्पतालको काम समयमै सक्न निर्माण कम्पनीलाइ निर्देशन दिएको अस्पतालले जनाएको छ। बिरामीका लागि अस्पतालका भवन मात्र भएर नपुग्ने बताउदै थप चिकित्सकको समेत आवश्यकता रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञ राज जोशीले बताउनुभयो।
उक्त उदघाटन कार्यक्रमको प्रमुख अतिथि मुख्य मन्त्री भट्ट र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशी अध्यक्ष रहनुभएको थियो । अथितिहरुमा प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, ललगायत सरकारी कर्मचारीहरुको प्रतिनिधित्व रहेको थियो।