डोटी चेम्बर अफ कमर्स देशको उत्कृष्ट शाखा
डोटी : नेपाल चेम्बर अफ कमर्स डोटी शाखा देशको उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ । शाखा बिस्तार भएको छोटो समयमा राम्रो सञ्जाल बिस्तार गर्नुका साथै उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै डोटी शाखालाई ७० औँ वार्षिक उत्सवको अवसरमा चेम्बर अफ कमर्स डोटीका अध्यक्ष खगेन्द्र साउँद ‘केरी’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला सहित सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।
काठमाडौँ आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा मात्र नभई देशका उत्कृष्ट शाखा सरह काम गरेको भन्दै कदर पत्र प्रदान गरिएको नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
शाखा स्थापना भएको पहिलो वर्षमा सुदूरपश्चिम प्रदेश महोत्सवको आयोजना, आखाँ शिविर, राहत वितरण, सदस्यता वितरण, सरकारी तथा गैर सरकारी क्षेत्रसंगको सहकार्यमा भवन निर्माणको कार्य प्रारम्भ गर्दै डोटीमा व्यापारीको ठुलो सञ्जाल बिस्तार गरेको चेम्बर निजी क्षेत्रका व्यापारीको ठुलो संस्थाको रूपमा स्थापित भएको छ ।
७० औँ वार्षिक उत्सबको अवसरमा प्रदान गरिएको उत्कृष्ट शाखाको सम्मानले आफूहरूलाई उत्साहित गरेको र थप कार्य गर्नका लागी प्रेरणा प्राप्त भएको चेम्बर अफ कमर्स डोटी अध्यक्ष खगेन्द्रबहादुर साउँद ‘केबी’ले बताउनु भएको छ ।