अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना, ५ जना सामान्य घाईते


डोटी : धनगढीबाट अछाम जादै गरेको बस डोटीमा दुर्घटनामा परेको छ । ना ७ ख ३५७५ नम्बरको बस सिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भनिने ठाउँमा दुर्घटनामा परेको हो । शुक्रवार विहान साढे ११ बजेको समयमा ३४ जना यात्रु सवार रहेको बस दुर्घटना हुँदा ५ जना सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिनु भएको छ । ठाउँ समथर भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
