पूर्बिचौकीमा राष्ट्रिय परिचय पत्रका लागी ७ हजार जनाका बिवरण संकलन

Sayalb

पूर्वीचौकी गाउँपालिकामा राष्ट्रिय सात हजार ६ सय ४८ जनाले राष्ट्रिय परिचपत्रका लागी बिवरण दर्ता गराएका छन् । चैत्र १ गते देखी गाउँपालिकाको वडा कार्यालयमा बनाइएको राष्ट्रिय परिचपत्र बनाउने कार्य शुक्रबार सम्पन्न भएको सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिनु भएको छ ।
गाउँपालिकाका ७ वटा वडा कार्यालयमा लागत संकलन गरिएको थियो । वडा न. १ खिरसैनमा ९ सय ४३, वडा नं. २ बगलेकमा ९ सय १४, वडा नं. ३ गैरागाउँमा ९ सय ६८, वडा नं. ४ सानागाउँमा ९ सय ९६, वडा नं. ५ काडमाण्डौंमा १ हजार ४ सय ९२, वडा नंं. ६ गाँजरीमा एक हजार ७२ र वडा नं. ७ पोखरीमा एक हजार दई सय ६३ गरी ७ हजार ६ सय ४८ जनाले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको सूचना अधिकारी हरिभक्त साउँदले जानकारी दिनु भएको हो ।
सबै भन्दा बढी वडा नं. ५ काडामाण्डौमा १ हजार ४ सय ९२ र सबै भन्दा कम वडा नं. २ बगलेकमा ९ सय १४ जनाले नाम दर्ता गराएका छन् । यो अभियानमा १६ जना दर्ता अपरेटर, ७ जना वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीहरुको संलग्न रहेको थियो ।

Shaileshwori
Loading...