बालविवाह विरुद्ध टोलटोलमा अभिभावक शिक्षा

तेजु ओली /डोटी
बालविवाह बिरुद्ध खुले आमवकालत हुन थालेपछि अभिभाबक पनी सक्रीए हुन थालेका छन् । डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं. ८ लडागडाका स्थानीय अभिभाव्कहरु बाल विवाहका कारण छोरीहरु आधारभुत बाल अधिकारको अवसरबाट समेत वञ्चित हुने अवस्था उत्पन्न भए पछि बाल विवाह विरुद्धको अभियानमा सक्रिय हुन थालेका छन । वडालाइ बालविाह मुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछी बाल विवाह बिरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउदै अभिभावक पनी सक्रिय भएका हुन । पहिलेको जमानामा कम उमेरमा विवाह गर्ने चलन भएपनी अहिले भने केही परिवर्तन भएका अभिभावक भागा देबि लुहारले बताउनु भयो । आफुले सानै उमेरमा विवाह गरेको भएपनी अब छोराछारीको २० बर्ष पुगीसकेपछी मात्र विवाह गर्ने बताउनु भयो ।


त्यस्तै कानुनी व्यवस्थाले बिहेवारीमा ढिलाई हँुदा किशोरीहरुले अभिभावकको मन्जुरी विनै आफु खुसी २० वर्ष नपुग्दै भागेर विवाह गर्ने समस्या बढ्दै गएको अर्का स्थानीय गोपी साउदले बताउनु भयो । उहाँले भन्नुभयो अहिले विभिन्न संस्थाले काम गरेर हामीलाई थाहा भयो । हामी आफना छोराछोरीलाइ २० वर्ष भन्दा पहीला बिहे गर्न दिदैनौ आफै भागरे जाने ल्याउने क्रम भने बढेको बताउनु भयो ।
यस समुदायमा छोरीहरुको १७/१८ बर्षकै उमेरमा बिवाह गरि दिने चलन बढी छ । बाल विवाह लुकीछीपी हुनेगरे पनी दुइ आर्थीक वर्षमा जम्मा चारवटा मुद्दामात्र दर्ता भएका जिल्ला प्रहरी कार्यलय डोटीका सुचना अधीकारी इन्द्रबहादुर मल्लले बताउनु भयो ।

Sayalb


यहाँका महिलाहरु आधारभुत तहको शिक्षाको अवसर पनि नपाएका सानैमा विवाह गरेका आमाहरु छन । बालविवाहलाई कम गर्न अभिभावक शिक्षा दिन थालेको छ । वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानलाई गैरसरकारी संस्थाले पनी सहयोग गरिएको छ । सनीवार गुड नेवर्श इन्टरनेशनल नेपालको आर्थीक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयेजनामा दिपायल सिलगढी नगरपालीका वडा नं.८ लडागडाका विभीन्न टोलमा अभिभावकलाइ बालविवाह विरुद्ध शिक्षा दिएको उक्त संस्थाका शिक्षा अधिकृत एज्ञ राज बडुले बताउनु भयो ।

मुलुकी अराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटा केटीको उमेर २० वर्ष हुनु पर्ने व्यवस्था गरेको छ । २० वर्ष नपुगी गरेको विवाह स्वतः बदर हुने र विवाह गर्ने, गराउनेलाई ३ वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको भए पनी जिल्ला प्रहरी कार्यलयमा मुद्दा दार्ता भने कमै हुने गरेका छन ।

Shaileshwori
Loading...