जिल्ला स्तरिय अन्तरसम्वाद कार्यक्रम सिलगढीमा सम्पन्न


बिक्रम खड्का/ डोटी
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि सरोकार वला हरुको भुमिका विषयक जिल्ला स्तरिय अन्तरसम्वाद कार्यक्रम सिलगढी मा सम्पन्न भएको छ। जुरि नेपाल को अयोजनमा यु मेन उमेन को सहयोग र नेपाल दलित कल्याण संघ डोटिको सहकार्य मा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मा अपाङ्गता भएका व्यक्ति हरुका अभिभावक, सरोकारवला, जनप्रतिनिधि पत्रकारको को सहभागिता रहेको थियो उक्त कार्यक्रममा कानुमा भएको व्यवस्था अनुसार अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार पाएका छनकि छैनन् स्थानिय तह हरुले कसरि सहयोग गरिरहेको छ र अव उहाहरु लाइ कसरि अधिकार सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। कार्यक्रम को अध्यक्षता नेपाल दलित कल्याण संघ डोटि का अध्यक्ष कुमार सिह टेलर, प्रमुख अतिथि मा दिपायल सिलगढी नगरपालिका उप प्रमुख शिवराज खड्का विशिष्ट अतिथि मा वडा नम्बर ८ लडागडा का वडा अध्यक्ष राम वहादुर खड्का रहनुभएको थियो।
