ग्वाना सिचाइ योजनाको पाइपलाइन जल्दा लाखौंको क्षति

शिवजी मण्डेल /बझाङ
बझाङ जिल्लाको थलारा गाउँपालिका ३ को जंगलमा लागेको डडेलोका कारण ग्वाना सिचाइ योजनाको पाइपलाईन जलेको छ । दुई वर्ष अघि सिचाइ डिभिजन बझाङद्वारा निर्माण गरिएको उक्त योजनाबाट थलारा गाउँपालिका वडा नं ३ सिमल्लेखको करिब २ सय नाली खेतीयोग्य जमिनमा सिचाइ हुँदै आएको थियो । स्थानीय ठाउँ मानेकोरेला भन्ने स्थानबाट शनिबार बेलुकी ५ बजेतिर डडेलो सल्केको र आगो नियन्त्रणमा लिन खोज्दा पनि नसकिएको थलारा गाउँपालिका वडा नं ३ का वडा सदस्य कृष्ण चौहानले बताए । उनका अनुसार ग्वाना देखि सिमल्लेख सम्मको उक्त सिचाइ योजनामा भीरै भीर भएकाले सिमेन्टका थुम बनाई पाइपलाईन नाङ्गै जोडेर ल्याएको थियो ।

Sayalb

आगोले उक्त स्थानको करिब ५ सय मिटर लामो पाइपलाइन जल्दा लाखौंको क्षति भएको छ । रोपाइँको लागि बेर्ना रोख्ने बेलामा सिचाइको पाइपलाइन जलेपछि त्यहाँका बासिन्दा निराष भएकाछन् । आगो कसले लगायो अझै पत्ता लागेको छैन । आगो अझै नियन्त्रणमा नआएको र निरन्तर खप्तड राष्ट्रिय निकुञ्जतिर बढीरहेको पनि सदस्य चौहानले बताउनुभयो ।

Shaileshwori
Loading...