एकै दिन डोटीका चार पालिकाले गरे पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको छ । आज एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । पालिकाका सात ओटै वडामा चैत्र २४ गते घोषण गरिएको भए पनि पालिकालाई आज गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाको अध्यक्षता र जिल्ला समन्वय उपप्रमुख शशी सोवको प्रमुख आथित्यततामा घोषण गरिएको प्रमुख प्रसाशकिय अधिकृत शंकर सुचिकारले जानकारी दिनु भयो । कार्यक्रमा उपाध्यक्ष भगवति देवि बम, सात ओटै वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख, महिला स्वास्थ्य स्वयम सेविका, कार्यपालिका सदस्यहरु र पालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।

Sayalb

यस्तै दिपायल सिलगढी नगरपालिकाले पनि पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । दिपायल सिलगढी नगरपालिकामा नगर प्रमुख मञ्जु मलासीको अध्यक्षता र जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरको प्रमुख आथित्यततामा कार्यक्रम सम्पन्न भएको उपप्रमुख सिवराज खड्काले जानकारी दिनुभयो । कार्यक्रमा जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, सबै वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकीका प्रमुख, महिला स्वास्थ्य स्वयम सेविका लगायतको सहभागिता रहेको थियो ।

यस्तै आदर्श गाउपालिका र जोरायल गाउँपालिकाले पनि आजै पालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेका छन् ।

Shaileshwori
Loading...