लडागडाका करिव सात सय बालबालिकाले गरे बालविवाह नगर्ने प्रतिवद्दता

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाका बालबालिकाले बालविवाह नगर्ने प्रतिवद्दता जाहेर गरेका छन् । सबै जुटौं बालविवाह रोकौँ भन्ने नारा सहित बालविवाह बिरुद्धको अभियान सफल पार्न म प्रतिवद्व छु भन्दै सुनादेवि माद्यामिक विद्यालय र चौखान माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले हस्ताक्षर गर्दै आफ्नो प्रतिवद्दता जनाएका हुन् । विद्यार्थीहरुले ब्रमणा हुँदै डाडागाँउ, सेरि, सेट गाउँ हुँदै सुनादेवि माद्यामिक विद्यालयको प्राङ्गण सम्म विभिन्न नारा सहित र्यालाको आयोजना गरेका थिए ।
वडालाई २०७८ चैत्र मसान्तसम्म बालविवाह मुक्त गर्ने योजना सहित दिपायल सिलगढी नगरपालिकाले रणनीतिक योजना लागू गरेको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको सामुदायिक विकास केन्द्र डोटीले मंगलवार हस्ताक्षर अभियान कार्यक्रमको आयोजना गरेको हो । मागि विवाहमा कमी आएको भए पनि उमेर नपुगि भागि विवाह गर्ने क्रम बढी रहेकाले बालबालिका बाटै प्रतिवद्दता गर्न लगाईएको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा विकास अधिकृत यक राज बडुले जानकारी दिनु भयो ।
प्रतिवद्दता जाहेर गरे पनि व्यवहारमा लागु नगरेसम्म बालविवाहको अन्त्य नहुने गुड नेवर्स ईन्टरनेशनल नेपाल डोटीका जिल्ला संयोजक रञ्जित चौधरीले बताउनु भयो । बालबालिकाले संस्थाको अभियानमा एकेवद्धता जनाएकाले थप कार्य गर्ने हौसला मिलेको र आगामी दिनमा पनि सबैको सहयोग पाउनेमा आशावादी रहेको उहाँले बताउनु भयो ।

जति पनि बजेट भएपनि एक्लै कोही कसैले पनि बालविवाह रोक्न नसक्ने कुरा बताउदै गुड नेवर्स ईन्टरनेशनल नेपाल, सामुदायिक विकास केन्द्र डोटी, स्थानिय, बालबालिका, बाल क्लब लगायतको सहकार्यमा बालविवाह रोक्न सकिने दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्काले बताउनु भयो ।
बालविवाह रोक्नमा बालबालिका आफै सजग बन्नु पर्ने लडागडाकी वडा सदस्य सरस्वति साउँदले बताउनु भयो । सानै उमेरमा किशोरीहरुले विवाह गरेर आफ्नो ज्यान जोखीममा पार्ने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले आफु पनि बालविवाह नगर्ने र अरुलाई पनि बालविवाह गर्न नदिने बताए ।
कार्यक्रमको अध्यक्षता सुनादेवि बाल क्लबका अध्यक्ष रमेश कडायतले गर्नुभएको थियो भने प्रमुख अथितिमा सिलगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर खड्का, रहनु भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, किशोरीहरु, बाल क्लबका सदस्यहरु लगाएको सहभागिता रहेको थियो । दुई विद्यालयका करीब सात सय जना विद्यार्थीले बालविवाह नगर्ने प्रतिवद्दता जाहेर गरेको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा विकास अधिकृत यक राज बडुले जानकारी दिनुभयो ।
