जोरायलमा नवजात शिसु मृत अबस्थामा फेला

Sagan sahari bhawan nirman aayojana

कमला कुँवर/ डोटी
डोटीको जोरायल गाउँपालिका वडा नं. ४ धनतासको जंगलमा एक बेवारिसे नवजात शिसु (बालिका)को शब फेला परेको छ । शिसुको शब बुधबार राती ८ : ३० बजे तिर जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्र मल्लले जानकारी दिनु भएको छ ।
अहिले शब पोष्ट मार्टमका लागी सेती प्रादेशिक अस्पताल कैलालीमा राखिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको सूचना अधिकारी मल्लले जानकारी दिनु भएको छ । नवजात शिसु बालिका रहेको खुलेको छ । घटनाबारे बुझनका लागी ईन्सपेक्टर नेतृत्वका प्रहरीको टोली बिहानै त्यस तर्फ गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...