थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै
शिवजी मण्डेल/ बझाङ
यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ ।
टोलीले वैशाख ३ गते पाराकाट्नेको धामीगाउँ साथै डिख्ला गाउँका स्थानीय समुदाय सँग भेटघाट र छलफल गरि खडेरीले तुलबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको हो ।
किसानहरू सँग छलफल गर्दा यस वर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षतिभएको र भोकमरी हुनसक्ने किसानहरूले चिन्ता व्यक्त गरेका छन् । टोलीले स्थलगत तुलबालीको अनुगमन तथा समुदाय सँग भेटघाट गर्दा यस वर्ष गहुँ र जौ मा करिब ९० % क्षति भएको देखिएको छ ।
खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्काको टोली सूचना संकलनमा रहेको छ ।
टोलीले बैशाख ४ गते डिख्लाका स्थानीय समुदायका मानिसहरू सँग तुलबालीमा भएको क्षतिका बारेमा जानकारी लिने छ भने दंगार्जीको बगाडा थापा गाउँमा पनि यस वर्ष खडेरीले तुलवालीमा भएको क्षतिको बारेमा सूचना संकलन गरिने बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक रोकायाले बताए ।