सिड नेपाल डोटीद्धारा कलेनाका बालबालिकाहरुलाई स्टेसनरीका सामाग्री वितरण
तेजु ओली /डोटी
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनाका बालबालिकाहरुले स्टेसनरीका सामाग्री पाएपछि खुसी भएका छन । कपी कलम पाए पछि खुसी हुदै यसले राहात भएको सुर्य साउदले बताए । उक्त वडाका सबै बालबालिका विद्यालय ल्याउन र आएकालाई टिकाइराख्न स्टेसनरीका सामाग्री वितरण गरिएको हो । समान पहुँच बिकास केन्द्र सिड नेपाल डोटीको आयोजना तथा वर्ड भिजन इनरनेशनल नेपालको आर्थिक सहयोगमा कार्यक्रममा दर्ता भएका बालबालिकाहरुलाइ वितरण गरेको हो । स्थानीय अभिभावकको सहयोगमा बालबालिकालाई उक्त सामग्री सामाजिक परिचालीका हेलन क्षेष्ठले प्रदान गर्नु भएको हो ।
विद्यार्थीको पढाइमा सुधार कार्यमा ठुलो टेवा पुग्ने गरी विद्यालयका झण्डै चार सय ६५ जना भन्दाबढी विद्यार्थीले प्रत्येकलाई कपी ७, डटपेन ६, भितेपात्रो, मास्क तथा कोरनाबाट बच्ने प्रचार सामाग्री लगायत एक लाख २७ हजार रकम बराबरको सामाग्री वितरण गरेको एकिकृत बाल संरक्षण परियोजना संयोजक किसोर बिक्रम सेनले जानकारी दिनुभएको छ ।
आर्थीक स्थिति कमजोर भएका विद्यार्थीलाई यो स्टेसनरी सामाग्रीले उनीहरुको पढाइमा निकै सहज हुने भएको ले जिल्लाका बिभिन्न स्थानिय तहका चार हजार दर्ता गरिएको बालबालिका लाइ स्टेसनरी का सामाग्री बितरण गर्ने तयारी रहेको संस्था ले जनाएको छ ।