विद्यालय हाता क्षेत्र बाहिर रहेका बालबालिकालाई क्षमता अनुसारको तालिम दिनु पर्ने

तेजु ओली/ डोटी
विद्यालय छोडेका बालबालिकालाइ लक्षीत गरी क्षमता अनुसारको तालीम दिनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । २० बर्ष भन्दा कम उमेरका बालबालिकाहरु विद्यालय हाता क्षेत्र भन्दा बाहिर रहेकाले उनिहरुको आवश्यकता अनुसारको तालिम दिइनु पर्ने सोमवार दिपायल सिलगढी नगरपालिका वडा नं ६ सिलगढीमा आयोजित बालबिवाह अन्त्यका लागी स्थानिय रणनीतिको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् । विद्यालय नजाने बालबालिका धेरै भएकाले तालिम दिदा आत्मनिर्भर हुने र बालबिवाहमा पनि कमी आउने उनिहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था डोटीका अध्यक्ष रघु कठायतले बालबिवाह न्युनिकरणको पबित्र अभियानमा लागेका संस्थाले निरन्तरता दिनु पर्ने र लडागडामा मात्र नभएर अन्य वडा तथा पालीकामा समेत लागु हुनु पर्नेमा जोड दिनु भयो ।

सामाजिक कुरीति परम्परागत सोच हिसा बाट माथि उठ्नको लागि नेपालको संविधानमा लेखिएको निएम कानुनलाइ कार्यान्वयन गर्नमा प्रमुख जिम्मेवारी अभिभावकको भएकाले अभिभाबक नै बढी जिम्मेवार रहनु पर्ने बताउदै बालबिवाह न्युनिकरण गर्नका लागि अभिभावकले निगरानी गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । घर पहिलो पाठशाला भएकाले राम्रो कुरा सिकाउनमा अभिभावकको प्रमुख भुमिका भएकाले अभिभावक संगै अन्य सरकारी तथा गैरसरकारी संस्थाले जुट्नु पर्ने बताउनु भयो ।

Sayalb

त्यस्तै कार्यक्रमको समापन गर्दै लडागडाका वडा अध्यक्ष राम बहादुर खड्काले आफ्नो वडामा यो रणनीति पुर्ण कार्यन्वयनमा रहेको बताउनु भयो । कानुनले दण्डित गरेको कुरालाइ कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा तिर वडा पालिका लागेको बताउनु भयो । भौतिक विकासलाइ मात्र विकास नभनी बालबिवाह न्युनिकरणका लागी वडाबाट बजेट बिनियोजित गरी लागिरहेको बताउनुभयो ।मागी बिबाह वडाबाट पुर्ण निर्मुल भएको भागि बिबाह लाइ रोक्न नसकेको बताउदै यसका लागि पनि लागेको बताउनु भयो ।

दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडाका वडा अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता तथा दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीको प्रमुख आथित्यततामा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसी, जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी इन्द्र बहादुर मल्ल, एक देखि ९ वटै वडाका वडा अध्यक्ष लगयत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...