नुहाउने क्रममा सेती नदीमा वेपत्ता भएका युवकको शव फेला

डोटी : सेती नदिमा बेपत्ता भएका सायल गाउँपालिका–४ डौडका ३२ वर्षीय सुर्य बोगटीको शव चार दिन पछि फेला परेको छ । शनिवार नुहाउने क्रममा दिपायलको पुल नजिकबाट वेपत्ता भएका बोटीको शव मंगलवार (आज) दिपायल सिलगढी नगरपालिका–४ रातामाटी नजीकको नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनु भयो ।

शनिवार देखी नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बोगटीको खोजिकार्य जारी राखेका थिए । शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
