डोटीमा एक महिलाको शव फेला

डोटीमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बुढोबाझ बागघेरी सामुदायिक वनमा अन्दाजी ३० देखी ३५ वर्षकी एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले जानकारी दिनु भयो । तर शवको पहिचान हुन नसकेको उहाँले बताउनु भयो ।

Sayalb

मंगलवार राति ९ बजेतिर सामुदायिक वन भएर जाने सडक भन्दा करिव ८ सय मिट तल शव फेला परेको हो । शवको दाहिने हातको औलामा रातो रङको नङपोलिस, दाहिने हातमा २ वटा रातो चुरा, रातो रङको मखमलको ब्लाउज, हरियो रातो रङको पटुकी, बायाँ खुट्टामा खैरो रङको मोजा, दाहिने खुट्टामा रातो रङको जुता लगाइएको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...