जेसिविले फालेको ढुंगा लागेर डोटीमा एक पुरुषको मृत्यु

किरण धामी /डोटी
डोटीमा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाका सायल गाउँपालिका वडा नम्बर ६ रौखोलाका ४५ वर्षीय नरि साउँदको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ र २ को सिमानामा पर्ने दिपायल खुल्लेख सडक खण्डको रौखोलामा सडक फिलिङ गरिरहेको जेसिवीले फालेको ढुंगा लागेर शुक्रवार विहान साउँदको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले जानकारी दिनु भयो ।

Sayalb

सडक फिलिङ गरिरहेको विएस कन्ट्रक्सनको जेसिवी र जेसिवी चालक गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरीया कैलालीका २३ वर्षीय शेर जोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...