सुचनाको हक सम्बन्धि जानकारी अहिलेको आवश्यकता
डोटी: सुचनाको हक सम्बन्धि सबै जानकार हुनुपर्ने अहिलेको आवश्यकता भएको सुचनाका लागि राष्ट्रिय संजालका केन्द्रीय संयोजक, बीबीसी नेपाली सेवाका संवाददाता एवं एफ एम डिसिका संस्थापक उमिद बागचन्दले बताउनुभयो ।
आज सिलगढी स्थित एफ एम डिसिले संचालन गरेको कार्यक्रममा सुचनाको हक अधिकार हरेक नागरिकको अधिकार भएकोले आफुलाई चाहेको अथवा जान्न मन लागेको विषयमा औपचारिक निवेदन दिई सुचना माग्न सकिने उहाले बताउनु भयो।
सुचना माग्नु पुर्व आफु सुचना माग्न चाहेको विषय बस्तुमा कानुनी रुपमा जानकार भए सहि सुचना सजिलै पाउन सकिने कानुनी व्यवस्था भएकोले आफुले तिरेको करको सहि सदुपयोग गराउन, भ्रष्टाचारमा कमी ल्याउनमा यसले महत्त्वपूर्ण भुमिका खेल्ने बागचन्दले बताउनु भयो
त्यस्तै सहि सुचना पाउनु ब्याक्तिको अधिकार भएकाले हरेकले सुचना माग्नको लागि पछि नहट्न सुचनाका लागि राष्ट्रिय संजालकी जिल्ला उपाध्यक्ष सुनिता रावलले बताउनु भयो ।कार्यक्रममा जिल्ला स्थित पत्रकार, रेडियो स्रोता समुह लगायतको उपस्थिति रहेको थियो।