भुमिराजमाण्डौको वडा कार्यालय भवनको उद्घाटन
चक्र कुँवर /डोटी
केआईसिंह गाउपालीका वडा नम्वर ७ भुमिराजमाण्डौको वडा कार्यालय भवनको उद्घाटन गरियको छ । शनिवार एक औपचारीक कार्यक्रमका विच गाउपालीका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले रिवन काटेर कार्यालय भवनको उद्घाटन गर्नु भयको हो । कुल ५९ लाख ५७ हजारमा दुइ तले भवन निर्माण सम्पन्न भए पछी उद्घाटन गरिए गरि काम काज सुरु गर्न लागेको वडा अध्यक्ष हर्क बहादुर विष्टले जानकारि दिनु भयो । कार्यालय भवनको उद्घाटन गर्दै आफु सदै जनताको सातमा रहने र सवै वडाहरुमा कार्यालय भवन निर्माणका लागी पहल भैरहेको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पालीका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले वताउनु भयो ।
औपचारीका कार्यक्रममा पालीका उपाध्यक्ष मिना देवी विष्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्याय, बिभिन्न वडाका वडा अध्यक्ष, राजनैतीक दलका प्रतीनिधी, विषयगत शाखाका प्रमुख, नागरिक समाज एवम पत्रकारहरुको उपस्थीती रहेको थियो ।
साथै कार्यक्रममा कलाकार हरी सुदामा जैशीले जनचेतनामुलक सांगीतीक प्रस्तुती समेत राखेका थिय । भवन उद्घाटन कार्यक्रममा स्थानीय जनताको उल्लेख्य सहभागीका रहेको थियो । हिजो सम्म भाडाको घरमा कामकाज हुदै आयको र आगामी दिनमा नया भवनमा कामकाज सुरु हुने भयपछी वडा बासी खुसी भयका छन् ।