डोटीमा बजार अनुगमन गर्न चाडपर्व कुर्नुपर्ने ।

सरिता कठायत
बैशाख १२,डोटी
जिल्लामा बजारमा अनुगमन गर्न चाडपर्व कुर्नुपर्ने जस्तै देखिएको छ ।बजार अनुगमन गर्न चाडपर्व लाई कुर्ने बानिले बजारमा अनियमितता बढिरहेको गैरसरकारी संस्थाका अध्यक्ष रघु कठायतले बताउनु भयो । डिजेल पेट्रोल समयमै नपाउने र पाई हाले महङ्गोमा किन्नु पर्ने बाध्यता भएकाले सम्बन्धित निकायको समयमै ध्यानाकर्षण गर्नुपर्ने उनले बताए ।

त्यस्तै महङ्गोमा किन्नुपर्ने कारण पत्ता लगाउनु का साथै बढदो कोरोना महामारीको बेला आफुले गर्नुपर्ने सबै कार्यमा अगाडि रहने जिल्ला प्रशासन कार्यलय डोटीका प्रमुख सुनिल खनालले बताउनुभयो । उहाँले यहीँ १६ गते नौ वटै स्थानियतहका जनप्रतिनिधिहरूलाई बोलाएर यी सबै बिषयमा आफुले उहाँहरू सँग छलफल गर्ने खनालले बताउनु भएको छ ।
नागरिक समाजले जिल्लामा आउनुभएको नयाँ जिल्ला प्रशासन कार्यलयका प्रमुखलाई स्वागतका साथै बजारमा अनियमितता, क्षमताभन्दा बढी यात्रु लैजाने,बजार महङ्गी,बढदो कोरोना महामारीको विषयमा प्रशासन कार्यालयमै गएर छलफल गरेका छन् ।
