डाेटी कांग्रेसले गर्याे जिल्ला प्रसासनको ध्यानाकर्षण
डाेटी : नेपाली कांग्रेस डोटीले जिल्लामा कोरोना भाइरस राेकथाम तथा नियन्त्रणमा लापरबाहि बढीरहेको भन्दै प्रसासनको ध्यानाकर्षण गराएको छ । कोरोना भाइरसको दोश्रो लहरले जोखिम बढाई रहेका बेला जिल्लामा आबस्यक तयारी नगरीएको भन्दै कांग्रेसले जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गराएको हो । सभापती प्रदिप देउबा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना भाइरसका कारण सिर्जित माहामारीका बेला स्थानिय सरकार र जिल्ला अस्पताल संबेदनसिल नभएकोले प्रसासनको ध्यानाकर्षण गराएको सभापती देउबाको भनाई छ । जिल्ला अस्पताल डोटीले जनताको स्वास्थ्य प्रति गम्भिर लापरबाहि गरेको उहाको आरोप छ । प्रदेसबासिलाई लक्षित गर्दैै कैलालीको धनगढीमा स्थापना गरीएको अस्थायी कोरोना अस्पताल बिरामीले भरीभराउ भैसक्दा पनी जिल्ला अस्पताल डोटीले अहिले सम्म आई सि यु कक्ष समेत निर्माण गर्न नसकेको उहाको भनाई छ । कारोना भाइरसबाट सिर्जित यो बिषम परीस्थितीमा जनताको स्वास्थ्य प्रति गम्भिर हुनुको सट्टा अस्पतालमा आफ्ना मान्छेलाई मेडिकल सुपरीटेण्डेण्ट बनाउने खेल चलको भन्दै उहाले आक्रोस पोख्नुभयो । माहामारीका बेला अस्पताल भित्र देखिएको यो बिकृतीले राम्रा, योग्य, इमान्दार र क्षमतावान कर्मचारी तथा चिकित्सकलाई हतोत्साहित बनाउने काम भएको कांग्रेसको ठहर छ । यसका साथै अस्पतालका दुइ एम्बुलेन्स बन्द अबस्थामा रहदा सेवाग्राहिले समस्या भोग्नु परेकाले एम्बुलेन्स तुरुन्त सञ्चालनमा ल्याउन कांग्रेसले माग गरेको छ । कोभिडको खतराले जिल्लालाई घेरीसक्दा अस्पताल संगै स्थानिय सरकार पनी संबेदनसिल बन्न नसकेको कांग्रेसको आरोप छ ।
माहामारीका बेला जनताको हितका लागि काम गर्नु पर्ने अबस्थामा जनप्रतिधिहरु पनी गम्भिर बन्न नसकेको सभापती देउबाले बताउनुभयो । जिल्लामा भैरहेको मुल्यबृद्धि, बिद्युत कटौती र सरकारी कार्यालयहरुको उदासिनताका बिरुद्ध पनी कांग्रेसले प्रसासनको ध्यानाकर्षण गराएको छ । जिल्लामा प्रयाप्त बिद्युतिय श्रोत हुदाहुदै पनी अनियमित रुपमा भैरहेको बिद्युत कटौतीले सेवाग्राहिहरुलाई हैरान बनाएको कांग्रेसको ठहर छ । भेटमा प्रमुख जिल्ला अधिकारि खनालले काेभिड लगायका सबै बिषयमा प्रशासनकाे ध्यान पुगेकाे भन्दै अावश्यक तयारि भैरहेकाे वताउनु भयाे ।