डोटीका तिन पालिकामा ‘स्मार्ट पालिका एप’


नरेन्द्र बि.क./ बैशाख १७
डोटी जिल्लाका तिन वटा पालिकामा ‘स्मार्ट पालिका एप’ सञ्चालन गरिएको छ । जिल्लाका जोरायल,केआईसिंह गाउँपालिका र शिखर नगरपालिकामा स्मार्ट पालिका एप्लीकेशन तयारगरी सञ्चालनमा ल्याउन थालिएको हो ।
तिन पालिकामा युरोपियन युनियन र डिसिएको आर्थिक सहयोगमा सम विकास केन्द्र मार्फत सञ्चालित परिर्बतन परियोजनाले निमार्ण गरेको ‘स्मार्ट पालिका एप’ हस्तान्तरण गरिएको हो ।
पालिकामा शुसासन कायम गर्नका लागी पालिकाका संगको समन्वयमा गाउँपालिका,नगरपालिकाले गरेका कामहरुको बिद्युतिय प्रबिधि मार्फत नागरिकलाई सूचना प्रवाह गर्ने र नागरिकका समस्या पनि सोही प्रबिधि मार्फत स्थानीय सरकार समक्ष पु¥याउने उदेश्यका साथ एपको निमार्ण गरिएको परिवर्तन परियोजनाका जिल्ला संयोजक महेश परियारले बताउनु भएको छ ।
घरमै बसेर पालिकामा भईरहेका काम कारवाही तथा प्रगती बारे नागरिकले सहज ढंगबाट एप्लीकेशन मार्फत सूचना पाउने भएका कारण पालिकाका नागरिकका लागी धेरै उपयोगी हुने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
परिर्बतन परियोजना मार्फत तयार गरिएको एप्लीकेशन बिहिबार जोरायल र केआईसिंह गाउँपालिका र शिखर नगरपालिकामा हस्तान्तरण गरिएको सम बिकास केन्द्र नेपालका सूचना अधिकारी पदम मिजारले जानकारी दिनु भएको छ ।
स्मार्ट पालिका एपमा के हुन्छ ?
‘स्मार्ट पालिका एप’मा सम्बन्धीत पालिकाको जानकारी समाबेश गरिएको बहु उपयोगी एप्लीकेशन हो । सूचना र प्रबिधीको उपयोग गरेर पालिकाले गरेकाका कामका सम्पुर्ण सूचना हेर्न पाईने, गाउँपालिकाको ब्यक्तीगत बिवरण सहितको समग्र प्रोफाईल हेर्न पाईने छ । सेवाग्राहीले पञ्चीकरण (जन्म,मृत्यु, बिवाह, सम्बन्ध बिच्छेद र बसाई सराई) सम्बन्धीका ब्यक्तीगत घटना घरबाटै एप मार्फत गर्न सकिने छ, जनप्रतिनिधी तथा कर्मचारीसंग सिधै गुनासो राख्न सकिने र सोही मार्फत जवाफ दिन पाईने छ ।
पालिकाका कामकाज गर्नका लागी छिटो छरितो प्रभाबकारी हुनुका साथै स्थानीय सरकारलाई योजना निर्माण पनि सहज हुने छ । बिद्युतीय शुसासन प्रबिधिले नागरिक र स्थानीय सरकार बिचको सम्बन्धमा सुधार हुने छ ।
यो एप्लीकेशन मार्फत नागरिकको अपेक्षा र सरकारले गरिरहेको काम दुबै पक्षलाई थाहा हुनेछ ।
