डोटीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

डोटी : डोटीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७ नमुनाको परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव सिंह ठगुन्नाले जानकारी दिनु भयो । यो संगै जम्मा संक्रमितको संख्या एक हजार पाँच सय ४२ पुगेको छ ।

Sayalb

एक हजार चार सय २३ जान कोरोना जितेका छन भने एक सय १९ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमित मध्ये एक सय ११ जना होम आईसोलेसनमा र ८ जनाको सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । शुक्रवार सम्म डोटी जिल्लामा पिसिआर विधिबाट १३ हजार तिन सय ८५ र एन्टिजेन विधिबाट एक हजार ३ सय ४० जनाको परिक्षण गरिएको छ ।

Shaileshwori
Loading...