शुक्रवार डोटीका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

डोटी : डोटीका थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४ नमुनाको पिसिआर परिक्षण गर्दा १८ जना र २८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव बहादुर ठगुन्नाले जानकारी दिनुभयो । कोरोना पुष्टि हुनेमा १६ जना पुरुष र ७ महिला हुन् ।
जसमा के.आई.सिंह गाउँपालिकाका १२ जना, दिपायल सिलगढी नगरपालिकाका ४ जना, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र शिखर नगरपालिकाका २/२ जना र पुर्विचौकी गाउँपालिकाका एक जना रहेका छन् ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ६८ पुगेको छ ।

दोस्रो लहरको कोरोना फैलिएसंगै डोटी जिल्लामा बैशाख १ गते यता ३ सय ४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । जस मध्य दुई जनाको मृत्यु भएको छ ।
