डोटीमा जनशक्ती नहुँदा भेन्टिलेटर प्रयोग बिहिन

किरण धामी
बैशाख २५, डोटी
जनशक्तीको अभाबका कारण जिल्ला अस्पताल डोटीमा रहेको भेन्टिलेटर मेसिन प्रयोग बिहिन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गएको कार्तिक महिनामा अस्पताललाई दुई ओटा भेन्टिलेटर मेसिन र आईसियु बेड हस्तान्तरण गरेको भएपनी जनशक्ती अभाबका कारण प्रयोग बिहिन बनेको हो ।
भेन्टीलेटर मेसिन भए पनि प्रयोगमा आउन नसक्दा कोरोना भाईरस कोभिड – १९ का बिरामीले ज्यान गुमाउनु परेको छ । कोरानाका गम्भीर बिरामीलाई भेन्टिलेटर आबश्यक परेपछी जिल्ला बाहिर रिफर गर्ने गरिएको छ । शुक्रबार मात्रै भेन्टिलेटर आबश्यक परेपछी रिफर गरिएका रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको बाटो मै मृत्यु भएको छ ।

मेसिन जडान भएको ६ महिना हुँदा समेत सञ्चालनको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्था नहुँदा समस्या सृजना भएको हो । जनशक्तिको अभावका कारण भेन्टिलेटर मेसिन सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण राज जोशीले बताउनु भयो । आफुहरुले मेसिन चलाउन नसक्ने त्यसको लागि फिजिसियन डाक्टर, स्टाप नर्स लगायतको जनशक्ति आवश्य पर्ने डाक्टर जोशीले बताउनु भयो ।

Sayalb

अबको केहि दिनमै अस्पतालमा भेन्टिलेटर र आईसियु सेवा सञ्चालन हुने जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञराज जोशीले बताउनु भएको छ । भेन्टिलेटर मेसिन जडान भैसकेको र मेसिनमा अक्सिजन पाईप मात्र जडान गर्न बाकी रहेको छ । अस्पतालका एक जना स्टापलाई भन्टिलेटर मेसिन सञ्चालन सम्बन्धि तालिम दिईएको र बाँकी जनशक्तिको लागि पनि आफुले प्रक्रिया अघाडी बढाएको बताउनु भयो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई जनशक्तिको व्यवस्था गरिदिन माग राख्दै पत्राचार पनि गरेको उहाले बताउनु भयो । अस्पताल ब्यस्थापन समिति चााडो सेवा सञ्चालन गर्नको लागि लागि परेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष जोशीले बताउनु भएको छ ।

Shaileshwori
Loading...