डोटीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

डोटी : डोटी जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि आईतवार मात्र जिल्ला अस्पताल डोटीमा भर्ना भएका पुर्विचौकी गाउँपालिका वडा नम्बर ५ काणामाण्डौँका ४५ वर्षीय पुरुषको सोमवार विहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

Sayalb

तर उनको मृत्यु पछि गरिएको परिक्षणमा कोरोना देखिएको जिल्ला अस्पताल डोटीका कोरोना फोकल पर्सन राजेन्द्र फुलाराले जानकारी दिनु भयो । यो संगै जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना फैलिएपछि संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

Shaileshwori
Loading...