डोटीका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

डोटी : डोटीका एक जना पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा कैलाली जिल्लामा मंगलवार विहान ६ बजे मृत्यु भएको हो ।

Sayalb

सेति प्रादेशीक अस्पतालमा उपचाररत पुरुषको मृत्यु भएपछि मृतकका आफन्तले शव विहानै लगेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल डोटीमा पुरुषको श्वाब कोरोना परिक्षणका लागि दिइएको थियो ।

कोरोना रिपोर्ट भने मंगलवार दिउँसो पोजेटिप आयो तर त्यो बेला सम्म मृतका आफन्तले शवको अन्तिम दाहासस्कारको तयारी गरिसकेका थिए । लामो समय देखी भारतमा बस्दै आएका पुरुष केहि समय अघाडी डोटी फर्किएका थिए ।

Shaileshwori
Loading...