‘बरु कोठा छोडि दिनुहोस’

समिर जोशी – काठमाण्डौं
लकडाउनले हामी सबैको दैनिकी फेरिएको छ र पहिला भन्दा निकै फरक बनेको छ । सबैभन्दा धेरै मानिसको बसोबास भएको निकै व्यस्त मानिने राजधानी सहर काठमाडौं यतिबेला सुनसान छ । मान्छेको भिड, घुईंचो र सवारी साधनको एकोहोरो चाप हुने अनि हिड्ने गल्ली बाटोहरुसम्म खाली नहुने सहरको स्वरुप बदलिएको छ ।

Sayalb
समिर जोशी काठमाण्डौं

पहिलो चरणको लकडाउन हामिले भोगिसकेका छौ । फेरि दोस्रो चरणमा पनि देसभरिका अधिकाशं जिल्लाहरूमा धमाधम निषेधआज्ञा र लकडाउन गर्ने क्रम जारी छ । अहिले विश्वविद्यालय, मठ, मस्जिद, मन्दिर, पाटी, पौवा, पार्क, ठूला ठूला व्यापारिक मल, सवारीसाधन, कारखाना, उद्योग, पाँच तारे होटेल, बार नाचघर र सिनेमाहलले आराम पाएका छन् ।
सुनसान र फेरिएको रुपले काठमाडौँको वातावरण भने निखारिएको छ । काठमाडौँ झन सुन्दर भएको छ । म काठमाडौको कागेस्वरि मनोहरा नगरपालिका नजिकको एक टोलबाट नियालि रहेको छु । यो फरक सहर र फेरिएको मुहार। मैले बुझेको र यसअघि देखेको अव्यवस्थित काठमाडौँ सहर, धुँवा, धुलो, प्रदुषण जस्ता समस्याहरु भन्दा माथि रहेछ ।
मेरो घर पश्चिम हो । काठमाडौ उच्च शिक्षाको लागि कोठा भाडामा लियर बसेको छु । यहाँ बस्दै गर्दा यहाँको समाज र छिमेकीहरुको हेर्ने दृष्टिकोण र व्यावहारमा मैले आकाश जमिनको फरक पाएको छु । लकडाउनको समयको मागलाई मध्यनजर गर्दै आपतकालिन खाद्यान्न सामग्री र अति आवश्यक वस्तु खरिद गर्न जाँदासम्म पनि छर–छिमेकीले नकारात्मक चियो चर्चा गरिरहेको झैँ लाग्छ । छिमेकीहरुले कुरा काट्ने घरबेटीलाई नचाहिने कुरा लाउने कोठामा बस्ने ब्यक्तिहरुले कोरोना रोग सारेर ल्याउँदैछ भनेर हल्ला फैलाउने समाजलाई देख्दा म आफै निशब्द छु ।
उपत्यकामा भित्री सानो गल्लीमा एउटा सानो कोठा भाडामा लिदा करिब ६ देखि ८ हजार मूल्य तिर्नुपर्छ । ठूला र खुला एरियामा पाइने कोठाको त सामान्य व्यक्तिको पहुच भन्दा टाढाको कुरा हो । काठमाडौ उपत्यकामा काम, पढाइ, व्यवसाय, स्वास्थ्योपचारको खोजी गर्दै मानिसहरु आफ्नो थातथलो छाडेर आउने गर्छन् । तर, सहरका घरबेटीले घरभाडा तिर्ने व्यक्तिलाई अत्यधिक शोषण गरिरहेको छ ।
घर भाडामा बस्ने उपभोक्ताले घरबेटीबाट हरेक कुरामा पिडित बन्दै आएका छन् । अर्थात घरभाडामा बस्नेहरु झन् सबैतिरबाट ठगिएका छन । नेपालमा कोठा भाडामा दिने कुनै वैज्ञानिक विधि छैन । घरबेटीले आफूखुसी भाडा तोकी असुली गर्दै आएका छन् ।
अझ कतिपय क्षेत्रमा घरबेटीले सुरुमा केही कम मूल्य राख्ने र लगत्तै उच्च दरमा भाडा बढाउने प्रचलन पनि पर्याप्त छ । यसो गर्दा बल्लतल्ल सामान जोहो गरेर बसेको व्यक्ति तुरुन्तै घर छाडेर जाने अवस्थामा हुँदैन । त्यसको फाइदा उठाउँदै घरबेटीले आफूखुसी गर्दै आएका छन् । कतिपय क्षेत्रमा घरबेटीले भाडासँगै सरकारलाई तिर्ने करसमेत डेरावालसँग लिने गरेका छन्
महिना दिन नपुग्दै भाडा माग्ने घरबेटी देख्दा पनि दिक्क लागेर आउँछ । झन अहिले त कोरोनाले गर्दा अस्तब्यस्त बनेको दैनिकिमा भाडा तिर्न पनि मुस्किल परिरहेको छ । ३÷४ दिन भाडा दिन ढिलो भयो भने घरबेटीले नानाथरी कुरा सुनाउन थाल्छ भाडा तिर्न सक्नुहुन्न भने कोठा छोडेर जानुहोस । यस्तै यस्तै ………….

Shaileshwori
Loading...