डोटीमा जारी निशेधाज्ञा जेठ १५ गतेसम्म लम्ब्याईयो

डोटी : डोटी जिल्लामा जारी निशेधाज्ञा जेठ १५ गतेसम्म लम्ब्याईएको छ । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञाको समय शुक्रवार राति १२ बजे सकिदै छ । जिल्लामा कोरोना सक्रीय संक्रमितको संख्या दिनानुदिन बढीरहेकाले निशेधाज्ञा थप गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनु भएको छ ।

निशेधाज्ञा अवधिभर अत्यावश्वक बाहेकका सबै सेवा तथा कामकाज बन्द रहेका छन् । औषधि पसल, शान्ति सुरक्षा, स्वास्थ्य, दुग्धजन्य पदार्थ बोक्ने सवारी, दमकल, सञ्चार, फोहोर मैला, खाद्यान्न, इन्धन, माछा मासु जस्ता सवारी साधन बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । खाद्यान्नका पसलहरु पनि विहान ६ बजे देखी ९ र साझ ५ बजे देखि ७ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि सञ्चालन गर्न लगाईएको छ ।

Sayalb

साथै विवाह, व्रतबन्ध जस्ता संस्कारका कार्यहरु बढीमा १५ जनाको उपश्थितिमा आफ्नै घरमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि गर्न विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ ।

Shaileshwori
Loading...