डोटीमा कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघ्यो, शुक्रबार थप ६७ जनामा कोरोना पुष्टि

सिता महता/ डोटी
डोटीका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९६ जनाको पिसिआर परिक्षण गर्दा ६४ जनामा र पाँच जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका ५२ पुरुष र १५ महिला हुन् ।

Sayalb

जसमा दिपायल सिलगढी नगरपालिकाका ४९ जना, शिखर नगरपालिकाका ८ जना, बडीकेदार गाउँपालिकाका ४ जना, सायल गाउँपालिकाका ३ जना, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिका, र के.आई.सिंह गाउँपालिकाका एक/एक जना र रहेका छन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या दुई हजार ७ पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो ।

Shaileshwori
Loading...